श्रमदानबाट अतिविपन्न परिवारलाई घर निर्माण

Logo
Popular News सोमबार, चैत्र ३०, २०८२

इनरुवा,, ३० चैत । सुनसरीको देवानगञ्ज गाउँपालिका ६ मा रहेको अतिविपन्न परिवारका छेदी शर्माका लागि घर निर्माण गरिएको छ। राष्ट्रिय श्रम सांस्कृतिक पार्टीका कार्यकर्ताहरूले सामूहिक श्रमदानमार्फत टिनको घर निर्माण गरी परिवारलाई हस्तान्तरण गरेका हुन्।

आर्थिक अभावका कारण बसोबासमा समस्या भोग्दै आएका शर्माको परिवारलाई सहज जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले घर निर्माण गरिएको पार्टीले जनाएको छ। स्थानीय स्तरमै जुटेका कार्यकर्ताहरूको सक्रिय सहभागितामा छोटो समयमै घर निर्माण सम्पन्न गरिएको हो।

स्थानीयले यस कार्यको प्रशंसा गर्दै यस्ता सामाजिक कार्यले विपन्न समुदायलाई ठूलो राहत पुग्ने बताएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800