बसको ठक्करबाट ५ वर्षीया बालिकाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग एक घण्टा अवरुद्ध

Logo
Popular News सोमबार, चैत्र ३०, २०८२

इनरुवा, ३० चैत्र । सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबहाक बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।

स्थानीय मुकतार मियाँकी अन्दाजी ५ वर्षीया छोरी आशयाना खातुनलाई बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि आक्रोशित स्थानीयवासीले विरोध जनाउँदै करिब एक घण्टा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित बनेको थियो।

प्रहरीले स्थिति नियन्त्रणमा लिई यातायात सञ्चालन पुनः सुचारु गराएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800