इनरूवा–६ का वडाध्यक्ष थापा र दुर्घटना पीडितबीच तीन बुँदे सहमति

सहमतिअनुसार दुर्घटनामा घाइते पीडितको सम्पूर्ण उपचार खर्च थापाले व्यहोर्ने, पीडितले रोजेको चिकित्सकमार्फत उपचार गराउन पाउने तथा पीडितकी छोरीको प्लस टुसम्मको अध्ययन खर्च समेत थापाले बेहोर्ने उल्लेख गरिएको छ।
Logo
Popular News सोमबार, चैत्र ३०, २०८२

इनरूवा, ३० चैत । इनरूवा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापा र दुर्घटना पीडितबीच तीन बुँदे सहमति भएको छ।

थापाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि दुवै पक्षबीच सहमति भएको हो। सहमतिअनुसार दुर्घटनामा घाइते पीडितको सम्पूर्ण उपचार खर्च थापाले व्यहोर्ने, पीडितले रोजेको चिकित्सकमार्फत उपचार गराउन पाउने तथा पीडितकी छोरीको प्लस टुसम्मको अध्ययन खर्च समेत थापाले बेहोर्ने उल्लेख गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीको आदेशमा २०८२ चैत २२ गते थापालाई पक्राउ गरी मुद्दामा उपस्थित गराउन पुर्जी जारी गरिएको थियो।

थापाविरुद्ध गीता खनालको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको सवारी अंगभंग मुद्दा यसअघि सुनसरी जिल्ला अदालतमा विचाराधीन रहेको थियो। उक्त मुद्दामा अदालतले थापालाई धरौटीमा रिहा गर्दै तारेखमा राखेको थियो।

थापाले पीडितलाई उपचार खर्च उपलब्ध नगराएको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले क्षतिपूर्ति सम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालयमा दायर गरेको थियो। प्रशासनमा दायर मुद्दामा थापाले क्षतिपूर्ति दिन ढिलाइ गर्दै सम्पर्कमा नआएपछि पीडितको गुनासोका आधारमा पक्राउ पुर्जी जारी गरिएको थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800