रास्वपाको इनरुवा–३ वडा सभापतिमा शैलेन्द्र सिंह चयन

Logo
Popular News सोमबार, बैशाख १४, २०८३

इनरुवा, १४ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इनरुवा नगरपालिका वडा नं. ३ को प्रथम वडा अधिवेशनबाट नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

अधिवेशनबाट शैलेन्द्र सिंहको नेतृत्वमा ९ सदस्यीय वडा कार्य समिति गठन गरिएको हो। समितिको उपसभापतिमा उमा रेग्मी र सचिवमा सुमन्त रौनियार चयन भएका छन्।

यसैगरी सदस्यहरूमा सुशील पण्डित, दिपेन्द्र राजभर, गायत्री पन्त, शिव प्रसाद निरौला, विकास कुमार परियार र सिताराम साह रहेका छन्।

नवनिर्वाचित समितिले स्थानीय तहमा सुशासन कायम गर्दै जनअपेक्षा अनुरूप काम गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800