कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा इनरुवाका विप्लव घोष नियुक्त

Logo
Popular News बिहिबार, जेठ १४, २०८३

इनरुवा, १४ जेठ । कोशी प्रदेश खेलकुद विकास बोर्ड को रिक्त सदस्य सचिव पदमा इनरुवाका विप्लव घोष नियुक्त भएका छन् ।

कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतो ले घोषलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेका हुन् ।

सामाजिक विकास मन्त्रालयद्वारा जारी नियुक्तिपत्र अनुसार, प्रदेश खेलकुद ऐन, २०७६ (पहिलो संशोधन अध्यादेश, २०८१ समेत) को दफा ११ को उपदफा (१०) बमोजिम उनलाई सदस्य सचिवमा नियुक्त गरिएको हो । उनको कार्यकाल २०८१ जेठ १३ गतेदेखि लागू हुने गरी ४ वर्षको रहनेछ ।

इनरुवा नगरपालिका वडा नं. ३ का स्थायी बासिन्दा घोष लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका छन् । कराँतेका अनुभवी खेलाडीसमेत रहेका उनी खेलकुदको विकास र विस्तारमा क्रियाशील व्यक्तित्वका रूपमा परिचित छन्।

नवनियुक्त सदस्य सचिव घोषलाई मन्त्री महतोले बधाई दिँदै उनको कार्यकालमा प्रदेशको खेलकुद क्षेत्रले नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800