सुनसरी सदरमुकाम इनरुवामा १९औँ गणतन्त्र दिवस मनायो (तस्वीरहरु)

Logo
Popular News शुक्रबार, जेठ १५, २०८३

इनरुवा, १५ जेठ । सुनसरी सदरमुकाम इनरुवामा १९औँ गणतन्त्र दिवस मनाइएको छ । दिवसको अवसरमा इनरुवामा प्रभातफेरीसहित र्याली निकालिएको थियो भने पञ्चवटी पार्कमा कोणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा सुनसरी जिल्ला समन्वय समितिका प्रमुख राजन मेहताले “अनुहार गोरो र मन कालो भएर देश समृद्ध हुन नसक्ने” भन्दै इमान्दारिता, जिम्मेवारी र सकारात्मक सोचबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव हुने बताए ।

त्यसैगरी कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख विनिता कुमारी मेहता लगायत विभिन्न सुरक्षा निकायका प्रमुख, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममार्फत लोकतान्त्रिक गणतन्त्रको महत्वबारे चर्चा गरिएको थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800