आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

Logo
Popular News शुक्रबार, जेठ १५, २०८३

इनरुवा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गरेका हुन् ।

कूल बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको छ ।

सरकारले ल्याएको यो बजेट चालु आर्थिक वर्षको संशोधित बजेटको तुलनामा करिब २५ प्रतिशतले बढी रहेको जनाएको छ ।

यस्तै, आगामी आर्थिक वर्षमा १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । अनुदानतर्फ ६१ अर्ब ७४ करोड रुपैयाँ, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रुपैयाँ तथा आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब रुपैयाँ उठाइने अर्थमन्त्रीले बताएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800