कुल बजेटमा वृद्धि, कृषिको बजेटमा भने कटौती

Logo
Popular News शुक्रबार, जेठ १५, २०८३

इनरुवा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपन्छी क्षेत्रको बजेटमा उल्लेख्य कटौती गरेको छ । कुल राष्ट्रिय बजेटको आकार बढाइए पनि कृषि क्षेत्रको बजेट भने घटाइएको हो ।

चालु आर्थिक वर्ष २०८२/०८३ मा कृषि तथा पशुपन्छी क्षेत्रका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि भने ४६ अर्ब ९२ करोड रुपैयाँ मात्रै बजेट छुट्याइएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै रासायनिक मल खरिदका लागि हालसम्मकै उच्च बजेट विनियोजन गरिएको जानकारी दिएका छन् । तर त्यसका बाबजुद कृषि तथा पशुपन्छी क्षेत्रको समग्र बजेट करिब साढे १० अर्ब रुपैयाँले घटेको देखिएको छ ।

कृषि क्षेत्रमा बजेट कटौती भएपछि कृषि क्षेत्रको रुपान्तरण, उत्पादन वृद्धि तथा कृषक प्रोत्साहनमा अपेक्षित प्रभाव नपर्ने विज्ञहरुले बताएका छन् । उनीहरुले कृषि उत्पादन बढाउन, युवालाई कृषिमा आकर्षित गर्न तथा आत्मनिर्भर कृषि प्रणाली विकास गर्न बजेट वृद्धि आवश्यक रहेको धारणा राखेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800