उपेन्द्र यादवको पक्षमा सर्वोच्चको फैसला, जसपा नेपालको आधिकारिकता कायम

Logo
Popular News बिहिबार, जेठ २१, २०८३

काठमाडौँ, २१ जेठ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यादव पक्षकै पक्षमा फैसला सुनाएको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेलश्रीकान्त पौडेल को पूर्ण इजलासले यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिक मान्ने गरी रिट जारी गर्ने निर्णय गरेको हो।

यसअघि अशोक राई सहितका नेताहरूले जसपा नेपालबाट अलग भई नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले उक्त दल दर्ता गरेपछि यादवले आफ्नो दल त्यागेका नेताहरूको निवेदनका आधारमा नयाँ दल दर्ता गर्नु गैरकानुनी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्च अदालतले अशोक राई पक्षले दल विभाजनका लागि दिएको निवेदन दर्ता गर्ने निर्वाचन आयोगको निर्णयलाई गैरकानुनी ठहर गरेको छ। यद्यपि फैसलाको पूर्णपाठ अझै सार्वजनिक भएको छैन।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800