भन्सार छलेर ल्याइएको भारतीय तरकारी बरामद

Logo
Popular News बुधबार, आषाढ ०३, २०८३

इनरुवा, ३ असार । भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरिएको ठूलो परिमाणको भारतीय तरकारी सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वाटर सुनसरीका अनुसार भोक्राहा–हाइवे सडक खण्डबाट २ हजार ५ सय ६० किलोग्राम परवल (६४ बोरा) बरामद गरिएको हो।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेको उक्त परवल नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएको परवल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ४ गण हेडक्वाटर सुनसरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध वस्तुको ओसारपसार नियन्त्रणका लागि निगरानी र सुरक्षा जाँचलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800