इनरुवाको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट ९६ करोड ६७ लाख (तस्वीरहरु)

Logo
Popular News बुधबार, आषाढ १०, २०८३

इनरुवा, १० असार । इनरुवा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ९६ करोड ६७ लाख ४५ हजार ५ सय १२ बराबरको अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको १७औँ नगरसभाको अधिवेशनमा उपप्रमुख विनिता कुमारी मेहता ले वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै संघीय, प्रदेश तथा आन्तरिक स्रोतबाट प्राप्त हुने आयको विस्तृत विवरण सार्वजनिक गरेकी हुन्।

प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट समानीकरण अनुदान रु. १६ करोड ७५ लाख, सशर्त अनुदान (चालु) रु. ३० करोड ८४ लाख, सशर्त अनुदान (पुँजीगत) रु. ६६ लाख, समपुरक अनुदान रु. २ करोड ३४ लाख तथा विशेष अनुदान रु. ८३ लाख ३३ हजार प्राप्त हुने अनुमान गरिएको छ।

त्यसैगरी प्रदेश सरकारबाट समानीकरण अनुदान रु. १ करोड ६० लाख २७ हजार, समपुरक अनुदान रु. ८० लाख, सशर्त अनुदान (चालु) रु. १ करोड ७ लाख ६६ हजार र सशर्त अनुदान (पुँजीगत) रु. ४ करोड २० लाख ८९ हजार प्राप्त हुने प्रक्षेपण गरिएको छ।

राजस्व बाँडफाँटतर्फ संघीय सरकारबाट रु. १२ करोड ९६ लाख २३ हजार, प्रदेश सरकारबाट सवारी कर बापत रु. १ करोड २५ लाख ६१ हजार ८३५ तथा घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट रु. ४ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ।

नगरपालिकाले बैंक मौज्दातसहित आन्तरिक स्रोतबाट रु. १८ करोड ८४ लाख ७८ हजार ६ सय ७७  रहने जनाएको छ।

उपप्रमुख मेहताले प्रस्तुत गरेको बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक सुरक्षा तथा सुशासनलाई प्राथमिकतामा राख्दै नगरको समग्र विकासलाई गति दिने अपेक्षा गरिएको बताइन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800