मन्त्रिपरिषद्का ५ मुख्य निर्णय सार्वजनिक

Logo
Popular News मंगलबार, आषाढ ३०, २०८३

काठमाडौं, ३० असार । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित पाँच महत्वपूर्ण निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै कृषि, सुरक्षा, खेलकुद, सार्वजनिक संस्थान र मिटरब्याज पीडितसँग सम्बन्धित विषयमा निर्णय भएको जानकारी दिए।

बैठकका प्रमुख निर्णयहरू:

  • बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।
  • सशस्त्र प्रहरी बल, नेपालका खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने।
  • अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने।
  • नेपाल वायुसेवा निगमका सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने।
  • अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800