कोशीमा कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय

Logo
Popular News बिहिबार, आषाढ ३२, २०८३

इनरुवा, ३२ असार । नेपाली कांग्रेस कोशी प्रदेशले नेकपा एमालेसँगको सत्ता साझेदारी अन्त्य गर्ने निर्णय गरेको छ। विराटनगरमा बिहीबार बसेको कांग्रेस कोशी प्रदेश कार्यदलको बैठकले एमालेसँगको गठबन्धनलाई निरन्तरता नदिने निर्णय गरेको हो।

नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले बैठकले सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेको जानकारी दिँदै सरकारमा रहेका मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउने विषयमा भने निर्णय भइनसकेको बताए।

उनका अनुसार कार्यदलको बैठक चलिरहेका बेला पार्टीका शीर्ष नेताहरूसँग टेलिफोन संवाद भएपछि मन्त्री फिर्ता बोलाउने विषयमा अन्तिम निर्णय रोकिएको हो। केन्द्रबाट औपचारिक निर्देशन प्राप्त भएपछि मात्रै सरकारमा सहभागी मन्त्रीहरूको विषयमा निर्णय गरिने उनले स्पष्ट पारे।

एमालेसँगको गठबन्धन अन्त्य गर्ने निर्णयसँगै कांग्रेसले आगामी राजनीतिक रणनीतिका तीन सम्भावित विकल्प पनि अघि सारेको छ। पहिलो, केन्द्रमा एमालेसँग पुनः सहकार्यको वातावरण बनेमा त्यसलाई निरन्तरता दिने। दोस्रो, एमालेसँगको सहकार्य पूर्ण रूपमा अन्त्य भएमा नेकपा तथा अन्य साना दलसँग मिलेर नयाँ सरकार गठन गर्ने। र तेस्रो, यी दुवै सम्भावना नबने कांग्रेस कोशी प्रदेश सभामा सशक्त प्रतिपक्षको भूमिकामा बस्ने।

हाल कोशी प्रदेश सरकारमा कांग्रेसका तर्फबाट एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री सहभागी छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800