एक वर्षमा सुनसरी प्रहरीले ६६ हजारभन्दा बढी नागरिकलाई सेवा, ६९५ घरेलु हिंसाका उजुरी सबै फर्छ्योट

Logo
Popular News शुक्रबार, साउन ०१, २०८३

इनरुवा, १ साउन। जिल्ला प्रहरी कार्यालय सुनसरीले आर्थिक वर्ष २०८२/०८३ मा ६६ हजार २२८ जना नागरिकलाई विभिन्न सेवा प्रदान गरेको जनाएको छ।

बिहीबार इनरुवामा आयोजित पत्रकार सम्मेलनमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेले जिल्ला प्रहरी कार्यालयअन्तर्गतको नागरिक सहायता कक्षमार्फत उक्त सङ्ख्यामा सेवाग्राहीले सेवा लिएको जानकारी दिए।

उनका अनुसार सेवा लिनेमध्ये ३४ हजार ८६२ जना पुरुष, २६ हजार १६ जना महिला, ३ हजार ३१ जना बालबालिका, २ हजार १२० जना ज्येष्ठ नागरिक तथा १९९ जना अशक्त रहेका छन्।

एसपी थेबेले नागरिक सहायता कक्षबाट सेवा लिनेमध्ये महिलाको उपस्थिति उल्लेखनीय रहेको बताए।

त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ मा सुनसरीमा घरेलु हिंसासम्बन्धी ६९५ वटा उजुरी दर्ता भएकोमा सबै उजुरी फर्छ्योट गरिएको प्रहरीले जनाएको छ।

 दुवै पक्षबीचको छलफल र आपसी सहमतिका आधारमा सबै ६९५ वटै उजुरी मिलापत्रमार्फत टुंगो लगाइएको एसपी थेबेले जानकारी दिए।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800