४४औँ विपी स्मृति दिवस : विपीको विचारलाई व्यवहारमा उतार्न आग्रह

Logo
Popular News बुधबार, साउन ०६, २०८३

इनरुवा, ६ साउन । नेपाली कांग्रेस सुनसरीले इनरुवामा ४४औँ विपी स्मृति दिवस तथा ‘जरा अभियान’ सम्पन्न गरेको छ।

कार्यक्रममा नेताहरूले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (विपी) कोइरालाको राजनीतिक योगदान, लोकतन्त्र स्थापनामा उनले खेलेको ऐतिहासिक भूमिका तथा राष्ट्रिय मेलमिलापको नीतिबारे चर्चा गरेका थिए।

वक्ताहरूले विपी कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य–मान्यता, समाजवाद, राष्ट्रिय एकता तथा जनअधिकारको संरक्षणसम्बन्धी विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे। उनीहरूले विपीको आदर्श र मार्गदर्शनलाई व्यवहारमा उतार्दै पार्टी संगठनलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सहमहामन्त्री डिला संग्रौला, केन्द्रीय सदस्य राजीव कोइराला, पूर्वराज्यमन्त्री सीताराम मेहता, दुहबी नगरपालिकाका प्रमुख वेद गच्छदार, कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीलगायत नेता तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा सञ्चालन गरिएको ‘जरा अभियान’ले पार्टी संगठनलाई वडा तहसम्म सुदृढ बनाउने, कार्यकर्ताबीच एकता कायम गर्ने तथा जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको नेताहरूले बताएका छन्।

नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रम गरिएको थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800