सिरहामा ६ लागुऔषध कारोबारी पक्राउ, २ जनाको खुट्टामा गोली

Logo
Popular News बिहिबार, साउन ०७, २०८३

इनरुवा, ७ साउन । सिरहामा प्रहरीले विशेष अपरेसनका क्रममा ७ राउन्ड गोली चलाएर ६ जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जनाको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले लहान नगरपालिका–३ क्षेत्रमा सञ्चालन गरेको अपरेसनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये सप्तरीको रुपनी गाउँपालिका–१ निवासी ४२ वर्षीय मोहम्मद नसीर र भारतीय नागरिक २४ वर्षीय विद्यानन्द यादव भाग्ने प्रयास गरेपछि प्रहरीले ७ राउन्ड गोली चलाएको थियो। गोली लागेर दुवै जनाको खुट्टामा चोट लागेको छ।

घाइते दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिएका छन्।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट २४३ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। घटनाका सम्बन्धमा पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800