इनरुवा, ८ साउन । सुनसरी जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका तथा अघिल्लो वर्षबाट जिम्मेवारी सरेका गरी कुल ९ हजार ५५२ वटा मुद्दा रहेका छन्। तीमध्ये ५ हजार ७९८ वटा (करिब ६१ प्रतिशत) मुद्दा फर्छ्योट भएका छन् भने ३ हजार ७५३ वटा (करिब ३९ प्रतिशत) मुद्दा अझै विचाराधीन रहेका छन्।
अदालतको तथ्याङ्कअनुसार सबैभन्दा बढी ६ हजार ४२३ वटा ‘अन्य’ शीर्षकका मुद्दा रहेका छन्। तीमध्ये ४ हजार ७९ वटा फर्छ्योट भएका छन् भने २ हजार ३४४ वटा मुद्दा टुङ्गिन बाँकी छन्।
सम्बन्ध विच्छेद सम्बन्धी १ हजार २४१ मुद्दामध्ये ९३६ वटा फर्छ्योट भएका छन् भने ३०५ वटा विचाराधीन छन्।
त्यस्तै, अंशसम्बन्धी ९४२ मुद्दामध्ये ४०७ वटा फर्छ्योट भएका छन् भने ५३५ वटा अझै विचाराधीन रहेका छन्।
जग्गा खिचोला सम्बन्धी ३५४ मुद्दामध्ये ६९ वटा मात्र फर्छ्योट भएका छन् भने २८५ वटा विचाराधीन छन्। बालबालिका (सावालकसमेत) सम्बन्धी ३०२ मुद्दामध्ये १९६ वटा फर्छ्योट हुँदा १०६ वटा बाँकी छन्।
यस्तै, मानाचामल सम्बन्धी ८४ मुद्दामध्ये ३१ वटा फर्छ्योट भएका छन् भने ५३ वटा विचाराधीन छन्।
ज.क. सम्बन्धी १२१ मुद्दामध्ये ४८ वटा फर्छ्योट हुँदा ७३ वटा बाँकी छन्। क.ज्ञान सम्बन्धी ८५ मुद्दामध्ये ३२ वटा फर्छ्योट भई ५३ वटा विचाराधीन रहेका छन्।
तथ्याङ्कअनुसार बालबालिका मात्र सम्बन्धी ७० वटा मुद्दामध्ये एउटा पनि फर्छ्योट हुन सकेको छैन। सबै ७० वटा मुद्दा अझै विचाराधीन रहेका छन्।