प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने, गृहमन्त्री गुरुङ आजै सुनसरी आउने

Logo
Popular News बिहिबार, साउन १४, २०८३

काठमाडौं, १४ साउन । सुनसरीको देवानगञ्ज गोलीकाण्डपछि उत्पन्न तनाव तराई–मधेशका विभिन्न जिल्लामा फैलिएको छ। सुनसरी, सिरहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा प्रदर्शन जारी रहँदा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

सुनसरी घटनामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। आजै सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने अन्य घाइतेहरूको उपचार भइरहेको छ।

यही परिस्थितिबीच प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरी घटनापछिको विकसित अवस्था, शान्ति–सुरक्षा तथा सरकारको आगामी कदमबारे सम्बोधन गर्ने तयारी भइरहेको छ।

सुनसरीको देवानगञ्जमा भएको घटनाको आज पाँचौँ दिन पुगेको छ। पीडित परिवार तथा स्थानीयले प्रधानमन्त्री वा गृहमन्त्री स्वयं घटनास्थलमा पुग्नुपर्ने माग गर्दै आएका छन्।

यसैबीच गृहमन्त्री सुधन गुरुङ आजै सुनसरी आउने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीसँग भेटघाट पछि उनी सुनसरी आउन लागेको जनाइएको छ। प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार सुनसरीका जनप्रतिनिधिसँग समन्वय गरेर गृहमन्त्रीको भ्रमण तय गरिएको हो। गृहमन्त्रीसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि सुनसरी आउने बुझिएको छ।

उता मधेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने केही सांसदहरूले गृहमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाएका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा पनि सुनसरी घटनालाई लिएर सरकारको आलोचना भएको छ। सांसदहरूले निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800