लौकहीबाट १७ किलो गाँजासहित भारतीय युवक पक्राउ

Logo
Popular News बुधबार, भाद्र १७, २०८३

इनरुवा, १७ भदौ । सुनसरीको कोशी गाउँपालिका–१, लौकही बजारबाट प्रहरीले १७ किलोभन्दा बढी गाँजासहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार राति करिब ८ः३० बजे मधुवनबाट लौकहीतर्फ आउँदै गरेको ना.६० प ५३९१ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा मोटरसाइकल चालक भारतको सुपौल जिल्ला फत्तेपुर पञ्चायत–१ बस्ने २१ वर्षीय दीपककुमार पोदारको साथमा रहेको कालो झोलाबाट गाँजाजस्तो देखिने पदार्थ १७ किलो १४० ग्राम बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले पोदारलाई बरामद गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800