इनरुवा, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका–१० जाल्पापुरस्थित चम्राही टोलबाट प्रहरीले १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आज बिहान करिब ३ बजे को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद भएको हो।
गाँजासहित भोक्राहा नरसिंह गाउँपालिका–५ का ३० वर्षीय रामबहादुर यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका यादवमाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ।