हरिनगरमा डेविसा मल्टिस्पेस्लीष्ट हेल्थ केयर सेन्टर सञ्चालनमा

Logo
Popular News मंगलबार, आश्विन १३, २०८३

इनरुवा, १३ असोज । सुनसरी सदरमुकाम इनरुवादेखि दक्षिण हुलाकी राजमार्गमा पर्ने हरिनगर गाउँपालिकामा स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले डेविसा मल्टिस्पेस्लीष्ट हेल्थ केयर सेन्टर सञ्चालनमा आएको छ।

हरिनगर गाउँपालिकाका स्थानीय अमित कुमार मेहताको सञ्चालनमा रहेको हेल्थ केयर सेन्टरको मंगलबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै डा. नवीन कुमार कर्णले ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य केन्द्रको सञ्चालनले सहयोग पुग्ने बताउनुभयो।

हेल्थ केयर सेन्टरमा विभिन्न स्वास्थ्य समस्यासँग सम्बन्धित विशेषज्ञ सेवा स्थानीयस्तरमै उपलब्ध गराउने तयारी गरिएको सञ्चालक मेहताले जानकारी दिनुभयो।

सुनसरीको दक्षिणी क्षेत्रमा विश्वासिलो र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच सीमित हुँदा अधिकांश बिरामी उपचारका लागि विराटनगरलगायतका ठूला स्वास्थ्य संस्थामा जानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध भएपछि त्यस क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता केही हदसम्म कम हुने मेहताको भनाइ छ।

ग्रामीण क्षेत्रका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हेल्थ केयर सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक मेहताले बताउनुभयो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800