सुनसरीमा लागूऔषधसहित तीन जना पक्राउ

Logo
Popular News शुक्रबार, आश्विन १६, २०८३

इनरुवा, १६ असोज। सुनसरीको कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका विभिन्न स्थानबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

बिहीबार साँझ कोशी गाउँपालिका–१ लौकही भन्सार गेटमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी लौकहीबाट खटिएको चेकजाँच टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०५३ प ४६९६ नम्बरको २०० सीसीको बजाज एनएस पल्सर मोटरसाइकलमा सवार दुई जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

शंका लागेर प्रहरीले जाँच गर्दा उनीहरूको साथबाट १० एमजीका नाइट्रोकोर ३०० ट्याब्लेट र स्पास्मो प्रोक्सिभन प्लसका १३६ ट्याब्लेट बरामद भएको जनाइएको छ।

पक्राउ पर्नेमा कोशी गाउँपालिका–४ जुधगञ्जका २५ वर्षीय शम्सेर आलम र २२ वर्षीय अलिसेर मियाँ रहेका छन्। उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको छ।

यसैगरी, भोक्राहा नरसिंह गाउँपालिका–६ ईश्वराइल कामतस्थित सशस्त्र प्रहरी बल, नेपाल बीओपी लौकहीको एफओपी पोस्टबाट खटिएको चेकजाँच टोलीले पैदल नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५ पिपल चोकका १८ वर्षीय मनिष लिम्बू रहेका छन्।

प्रहरीले उनीहरूबाट बरामद लागूऔषध तथा पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800