देउवा समूहको कांग्रेस सुनसरी–४ को संयोजकमा राजेन्द्र प्रसाद मेहता मनोनित

Logo
Popular News बुधबार, आश्विन २१, २०८३

इनरुवा, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूहले सुनसरी क्षेत्र नं. ४ को संयोजकमा राजेन्द्र प्रसाद मेहतालाई मनोनित गरेको छ।

नेपाली कांग्रेस १५औँ महाधिवेशन जिल्ला समितिले २०८३ असोज २१ गते पत्र जारी गर्दै मेहतालाई क्षेत्र नं. ४ को संयोजकको जिम्मेवारी दिएको हो।

पार्टीको विधानअनुसार वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला तहसम्मका अधिवेशन सम्पन्न गर्ने प्रक्रियाका लागि मेहतालाई संयोजक तोकिएको पत्रमा उल्लेख छ।

संयोजकको जिम्मेवारी पाएसँगै मेहताले क्षेत्र नं. ४ अन्तर्गतका अधिवेशनसँग सम्बन्धित आवश्यक समन्वय, व्यवस्थापन तथा संगठनात्मक प्रक्रिया अघि बढाउने छन्।

मेहता यसअघि गगन थापा समूहबाट भएको नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ४(क) को प्रदेशसभा अधिवेशनमा प्रदेशसभा अधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा भने उनी पराजित भएका थिए।

यसअघि भएको कांग्रेसको अधिवेशनमा उम्मेदवार बनेका मेहता अहिले देउवा समूहको क्षेत्रीय संयोजकमा मनोनित भएपछि कांग्रेस सुनसरीको आन्तरिक राजनीतिमा यसलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800