सवालाख महादेव पूजन तथा सांगीतिक महासंग्राम शनिबार हरिपुरमा हुँदै

Logo
Popular News शनिबार, मंसिर १३, २०८३

इनरुवा, १२ मंसिर । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित अमरेश्वरनाथ शिव पार्वती मन्दिर परिसरमा विद्यापति स्मृति पर्वको अवसरमा सवालाख महादेव पूजन कार्यक्रम–२०८३ आयोजना भइरहेको छ।

शनिबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सवालाख महादेव पूजन कार्यक्रम सञ्चालन भइरहेको आयोजकले जनाएको छ।

त्यसैगरी, शनिबार बेलुकी ७ बजेदेखि सांगीतिक महासंग्राम आयोजना हुनेछ। कार्यक्रममा चर्चित मैथिली गायक विकास झा, जुली झा र माधव रायलगायतका कलाकारहरूले विशेष सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।

मैथिली भाषाका महाकवि विद्यापतिको साहित्यिक तथा सांस्कृतिक योगदानको स्मरण र सम्मान गर्ने उद्देश्यले विद्यापति स्मृति पर्व आयोजना गरिएको आयोजकले जनाएको छ।

पूजा तथा सांगीतिक कार्यक्रममा सहभागी हुन आयोजकले श्रद्धालु भक्तजन तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800