इनरुवा, २ कार्तिक । सुनसरीको दुहबी नगरपालिका–६ स्थित राई टोलबाट एम्बुलेन्समा लुकाएर राखिएको अवस्थामा १७ बन्डल गाँजा बरामद भएको छ।
प्रहरीका अनुसार दुहबी क्षेत्रमा सञ्चालनमा रहेको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरिएको हो।
गाँजा बरामद भए पनि एम्बुलेन्सका चालक भने फरार रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।