इनरुवाको सुनसरी खोलामा किशोरको शव फेला, पाँच दिनदेखि थिए सम्पर्कविहीन

Logo
Popular News शुक्रबार, कार्तिक २८, २०८३

इनरुवा, २७ कार्तिक ।सुनसरीको इनरुवा नगरपालिका–८ स्थित सुनसरी खोलामा फेला परेको शव भोक्राहा नरसिंहका करिब १५ वर्षीय मेराज शेखको भएको खुलेको छ ।

प्रहरीका अनुसार मृतकका बुबा अनवर शेखले शवमा लगाएको कपडाका आधारमा आफ्ना छोराको पहिचान गरेका हुन् । शवलाई पोस्टमार्टमका लागि सुनसरी जिल्ला अस्पताल इनरुवा ल्याइएको प्रहरीले जनाएको छ ।

इनरुवा नगरपालिका–८ का वडाध्यक्ष अशोक कुमार साहुले पनि सुनसरी खोलामा फेला परेको शव भोक्राहाका किशोरको भएको जानकारी दिएका छन् ।

परिवारका अनुसार मेराज करिब पाँच दिनदेखि सम्पर्कविहीन थिए । उनको खोजीका लागि परिवारले सामाजिक सञ्जालमार्फत समेत सूचना सार्वजनिक गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800