छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा

Logo
Popular News शुक्रबार, कार्तिक २८, २०८३

इनरुवा, २७ कार्तिक । सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सरकारले यसअघि २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको थियो। छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने परम्परा रहेकाले सोमबारसमेत सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले शुक्रबार जारी गरेको सूचनामार्फत यसबारे जानकारी गराएका छन्।

यससँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800