इनरुवा नगरपालिकाको शैक्षिक अवस्था ज्यादै कमजोर, शैक्षिक सुधारको खाँचो

उठयो शैक्षिक गुणस्तरीयता माथीे प्रश्न
Logo
Popular News बिहिबार, चैत्र २९, २०८०

इनरुवा, २९ चैत्र । इनरुवा नगरपालिकाको शैक्षिक अवस्था ज्यादै कमजोर देखिएको छ । इनरुवा नगरपालिकाले शैक्षिक सत्र २०८०।०८१ का लागि लिएको कक्षा ८ को परिक्षाको नतिजाले पनि शैक्षिक अवस्था कमजोर रहेको देखाएको छ । कक्षा ८ को नगर स्तरीय परिक्षामा सहभागि भएका परिक्षार्र्थी मध्ये आधा भन्दा बढि अनुत्तीर्ण भएकोले आधारभुत शिक्षाको गुणस्तर समेत कमजोर रहेको नतिजाले देखाएको छ ।

इनरुवा नगरपालिकामा यसवर्ष कक्षा ८ को परीक्षा केन्द्रीकृत रुपमा सञ्चालन गरेको परिक्षामा एक हजार ३३८ जना परीक्षार्थी मध्ये ६४९ जना मात्र उत्तीर्ण भएका छन् । भने ६८९ जना अनुत्तीर्ण भएको छ ।

इनरुवा नगरपालिकाका अनुसार ११ वटा सामुदायिक विद्यालय र २६ वटा संस्थागत विधालय गरि ३७ वटा विद्यालयका कुल एक हजार ३३८ जना परीक्षार्थी मध्ये ६४९ जना मात्र उत्तीर्ण भएका हुन ।

उत्तीर्ण हुने तथ्यांङ्क हेर्दा कुल परिक्षार्थीको ४८.५ प्रतिशत उत्तीर्ण भएका छन भने ५१.५ प्रतिशत अनुत्तीर्ण भएको छ । जसले गर्दा परिक्षार्थी उत्तीर्ण प्रतिशत सन्तोषजनक देखिदैन ।

सामुदायीक विधालय र निजी विधालयको उत्तीर्ण परिक्षार्थीको अवस्था हेदा निजी विधालय तर्फ ७६ प्रतिशत विधार्थी उत्तीर्ण भएका छन भने सामुदायीक विधालय तर्फ त्यहि ७६ प्रतिशत विधार्थी अनुत्तीर्ण भएको छ । सरकारी र निजी विधालयको उत्तीर्ण प्रतिशत उल्टो छ । त्यस्तै निजी तर्फ २४ प्रतिशत विधार्थी अनुर्तिण भएका छन भने सरकारी तर्फ २४ प्रतिशत परिक्षार्थी मात्र उत्तीर्ण भएको तथ्यांङ्कले देखाउँछ ।

संस्थागत निजी विधालय भन्दा सामुदायीक विधालयको नतिजा चिन्ताजनक देखिन्छ । सरकारी स्रोत साधन प्रयोग गरि संचालन भईरहेको सरकारी विधालयको परिक्षाको नतिजाले प्रश्न उठाएको छ ।

इनरुवा नगरपालिकाका अनुसार सरस्वती मावि बबियाबाट ८२ जना मध्ये १०, भगवती माविबाट ५७ जना मध्ये १६ जना, जनता मावि मधेशाबाट ७८ जना मध्ये ७ जना, शारदा मावि बलाहाबाट १६६ जना मध्ये ८४ जना, त्रिभुवन मावि डुम्राहामा ८६ जना मध्ये ४ जना, राजाजी माविमा २८ जना मध्ये १९ जना, बालमन्दिर माविबाट १०४ जना मध्ये २२ जना, श्री नेपाल राष्ट्रिय हरि मावि चाँदबेलाबाट २७ जना मध्ये ३ जना, ज्ञानोदय आधारभुत विद्यलायबाट ३० जना मध्ये ५ जना, वीपी आवि इनरुवा ८ बाट १५ जना मध्ये १ जना उत्तीर्ण भएका छन भने गणेश नेपाल राष्ट्रिय आधारभुत विधालय गणेशपुरबाट ३४ जना परिक्षामा सहभागी भएकोमा सवै जना अनुत्तीर्ण भएका छन ।

सामुदायिक विधालय तर्फ राजाजी माविले ६६ प्रतिशत नतिजा ल्याई सबै भन्दा बढी प्रतिशत उत्तीर्ण भएको रेकड कायम गरेको छ । सामुदायिक विद्यालय अन्तर्गत सञ्चालित कक्षा ८ को परीक्षामा ७०७ जना परीक्षार्थी मध्ये १७१ जना मात्र उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालय तर्फ उत्तीर्ण भएका भन्दा अनुत्तीर्ण भएको संख्या धेरै अर्थात ५३६ रहेका छन् । समग्रमा सामुदायिक विद्यालय तर्फ उत्तीर्ण दर २४ प्रतिशत रहेका छन् ।

विद्यार्थीले लेखेको उत्तरपुस्तिका पनि पालिका बाटै शिक्षकबाट मूल्याङ्कन गराउँदा सबै विषय उत्तीर्ण हुने दर कम रहेको पाइएको छ । कक्षा ८ को नतिजा प्रकाशित गर्नुअघि आइतबार पालिकास्तरीय परीक्षा समितिको बैठक बसी नतिजाको विश्लेषण गरिएको जनाएको छ । समितिको बैठकले दुई विषयसम्ममा नन्ग्रेड अङ्क ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धिका लागि मौका परीक्षा गराउने निर्णय भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800