आज जुडशीतल पर्व मनाइँदै, कोशीको तिन जिल्ला सहित मधेस प्रदेशमा सार्वजनिक बिदा

Logo
Popular News आइतबार, बैशाख ०२, २०८१

इनरुवा, २ बैशाख । तराई मधेस क्षेत्रमा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ । नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ ।

बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिंचित गरी आर्शीवाद दिंदै जुडशीतल मनाउने गरिन्छ । वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै अग्रज एवं मान्यजनले आफूभन्दा सानालाई शिरमा जल थपथपाएर आशीर्वाद दिने चलन चल्दै आएको छ ।

विशेष गरी आज बोटविरुवा तथा खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू कथन छ ।

आज मीठा परिकार भोजन गर्ने चलन पनि छ । घरघरमा सोइजननको तरकारी, करहीबरी, तरुवा लागत विशेष परिकार बनाएर खाने चलन छ ।

यसै अवसरमा कोशी प्रदेशको सुनसरी, मोरङ्ग, झापा र मधेस प्रदेशमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800