साङ्घातिक आक्रमणलाई सामुदायिक रंग दिन आवश्यक नभएको जातिय संघ/संगठनहरुको ठहर

ईस्लाम धर्मको बारेमा भ्रामक प्रचारबाजी गर्ने व्यक्ति लाई कारबाही गर्न मुस्लिम संघको माग
Logo
Popular News मंगलबार, बैशाख ०४, २०८१

इनरुवा, ४ बैशाख । सुनसरीमा कृयासिल दर्जन भन्दा बढि विभिन्न जातिय संघ संगठनहरुले हरिनगर गाउपालिकामा भएको घटनामा संलग्नलाई कारवाहीको मांग गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेपाल कुशवाहा कल्याण समाज, यादव सेवा समिति, तेली कल्याण समाज, धानुक समाज, बैश्य समाज, खत्वे समाज, उराँव प्रष्ठिान, कटुवाल बन्धु समाज, निरौला बन्धु समाज, मैथिल ब्राह्मण समाज, मारवाडी सेवा समिति, पौदार कल्याण समाज, हलुवाई समाज सेवा समिति, बरही समाज, रौनियार सेवा समिति, प्रजापति कुम्हार संघ, स्वर्णकार समाज, जयसवाल समाज लगायतका जातिय संघ संगठनहरुको समन्वय समिति सुनसरीले त्यस घटनामा संलग्न व्यक्तिहरु लाई अविलम्व पक्राउ गरि कानुनी दायरामा ल्याउन र सूक्ष्म छानविन गरि दोषी उपर कडा भन्दा कडा कारवाहीको लागि जोडदार माग गरेको हो ।
हरिनगर गाउँपालिका १, रामनगर, भुटहा बजारमा जिवन मेहता माथि भएको साङ्घातिक आक्रमण र त्यसपश्चात भएका विभिन्न घटनाक्रम संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा नल्याएको कारणले प्रतिकृया स्वरुप चैत्र २३ गते स्वःस्फूर्त आन्दोलन भएको विभिन्न जातिय संघसंगठनहरुले ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

जिवन मेहता माथि साङ्घातिक आक्रमण भएको २ हप्ता हुनलाग्दा समेत त्यस सामूहिक आक्रमणको घटनामा सलग्न कुनै पनि व्यक्ति प्रकाउ नगरिनु आपराधिक कार्यलाई प्रोत्साहन हुने र उनिहरुको मनोवल बढने भएकोले त्यस कार्यमा संलग्न व्यक्तिहरुलाई अविलम्व पक्राउ गरि कानुनी दायरामा ल्याउन जोडदार माग ध्यानाकर्षण पत्रमार्फत गरिएको छ ।

मुस्लिम समुदायका केही व्यक्तिहरुले आपराधिक मनस्थितिले एक हिन्दू युवामाथी गरिएको साङ्घातिक आक्रमणलाई सामुदायिक रंग दिन समेत आवश्यक नभएको ठहर गर्दै घटनामा संलग्नलाई पक्राउ गरि कानुनी दायरामा ल्याउनु पर्नेमा यति लामो समय सम्म प्रशासन मूकदर्शक बन्नु दुखद एवं सुनसरी प्रशासनको लाचारीपन भएको पनि उल्लेख गरेको छ ।

त्यस्तै नेपाल मुस्लिम संघ सुनसरीले ईस्लाम धर्मको बारेमा भ्रामक प्रचारबाजी गर्ने व्यक्ति लाई कारबाहीको माग गर्दैे जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत गृहमन्त्रालय लाई ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800