विराटनगरको तनाबग्रस्त अवस्था नियन्त्रणमा लिन अश्रुग्यास प्रहार, दर्जनौँ घाइते

Logo
Popular News बुधबार, बैशाख ०५, २०८१

विराटनगर, ५ बैशाख । विश्व हिन्दु परिषद युवा विभाग विराटनगरले विराटनगरमा र्याली निकाल्ने क्रममा दुई समुदायबिच झडप हुने सम्भावना बढेपछि प्रहरीले स्थिती सामान्य बनाउन बल प्रयोग गरेको छ । जसले गर्दा दुई समूहबीचको विवादले विराटनगरको रानी क्षेत्र तनावग्रस्त भएको छ ।

विराटनगरमा राम नवमीको अवसरमा निकालिएको धार्मिक यात्राका क्रममा मुस्लिम समुदायका केही व्यक्तिहरुले ढुंगामूढा पहार गरेको विश्व हिन्दु परिषदले आरोप लगाएको छ । बुधबार निकालिएको धार्मिक यात्रामा स्थानीय मुस्लिम समुदायबाट ढुंगामूढा प्रहार गरेको परिषदले आरोप लगाएको छ ।

परिषदले निकालेको शान्तिपूर्ण मोटरसाइकल र्यालीलाई अवरोध पुर्याउन खोजेको भन्दै र्यालीमा सहभागीहरुले चर्को नारा जुलुस गरेका थिए । स्थितीलाई साम्य पार्न प्रहरीले भीडलाई तितरवितर पारेको छ । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन दर्जनौँ अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सो क्रममा दर्जनौँ घाइते भएको विश्व हिन्दु परिषदले दावी गरेको छ ।

स्थानीयबासीका अनुसार विराटनगरको १५ र १७ को बीचमा रामनवमीको सन्दर्भमा एउटा समूहले र्यालीलाई अवरोध भएपछि विवाद बढेको थियो । अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । हिन्दु धार्मिक संघ संस्थाले निकालेको र्यालीमा अवरोध भएपछि झडपको स्थिति सिर्जना भएको थियो ।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङ प्रहरी उपरीक्षक कार्कीले बताए । दुवै समूह तितरबितर भएपछि अहिले अवस्था सामान्य हुँदै गएको छ ।

 

 

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800