मधेश प्रदेशका अग्नीपीडितहरु चर्को गर्मीमा त्रिपालमुनी बस्न बाध्य

सरकारको छैन् राहत र पुर्नरस्थापनामा तादुरुकता
Logo
Popular News बुधबार, बैशाख १९, २०८१

राजविराज, १९ बैशाख । पछिल्लो समय आगलागीको घटना देशैभरि भईरहेको छ । मधेश प्रदेशको महोत्तरीको मटिहानी र सप्तरीको महादेवा गाउँपालिकामा भएको आगलागीको घटनाले सयौ संंख्यामा घर जलेर नष्ट भएको छ । तर स्थानिय स्तरमा उद्धार र राहतको कार्यक्रमहरु संचालन भएपनि ठोस रुपमा संघ र प्रदेश सरकारले कुनै ठोस राहत र पूर्नरस्थापनाको कार्यक्रम ल्याउने तर्फ तादुरुकता छैन । जसले गर्दा अग्नीपीडितहरुले खाने, बस्ने, लगाउने, सौच गर्ने लगायतको समस्याले पिडा माथी पिडा थपिएको छ । खासमा पीडितहरुले आस गरेपनि मधेश प्रदेश सरकारले समेत राहत र पुर्नरस्थापना कार्यक्रमको घोषण गरेको छैन ।

सप्तरीको महादेवा गाउँपालिकाको चिमटीमा हिजो बैशाख १८ गते भीषण आगलागी भयो । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ । महादेवाको वडा नम्बर १ चिमटी टोलमा तीव्र गतिमा हावा चलेको बेला आगलागी हुँदा ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।
मुख्यगरि यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको चिमटी बस्तीका आगलागीबाट एक सय १० भन्दा बढी घर जलेर नष्ट भएको र करोडौ मुल्य बरावरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरी कार्यालयले गरेको छ ।

स्थानीय शत्रुधन यादवको घरबाट सुरु भएको आगलागीले गाउँ नै जलेको वडाध्यक्ष जयकिशोर दासका बताए ।‘घरबाट कसैले पनि केही निकाल्न सकेनन्।’ बस्तीको पश्चिम दक्षिण कुनाबाट सल्केको आगो पूर्वतर्फ रहेको अर्को बस्तीमा पनि सरेको थियो । ‘वारुणयन्त्र आउँदासम्म बस्ती खरानी भइसकेको वडाध्यक्ष दासले जानकारी दिए । आगलागीका कारण भने खुल्न सकेको छैन्। । गाउँपालिकाले आगलागी पीडितलाई केही राहत वितरण गरेको छ ।

एक साता अघि महोत्तरीको मटिहानी–६ स्थित पछिहारी टोलको सुकुमवासी बस्तीमा आगो लागेको थियो । दिउँसो १ बजे भएको आगलागीले टोलको १०३ वटा कच्ची घर जलाएर खरानी बनायो । अहिलेसम्म आगो लाग्नुको कारण यकिन भइसकेको छैन । कसैले ग्यास सिलिण्डर विस्फोटबाट आगलागी भएको बताइरहेका छन् भने कसैले चुरोटको ठुटाबाट आगो सल्केर पूरै बस्ती खरानी भएको आकलन गरिरहेका छन् ।

प्रहरीका अनुसार १ करोड ६२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको र बस्तीका ५७० जना आगलागीबाट प्रत्यक्षरुपमा प्रभावित भएको छ । महोत्तरी प्रहरी प्रमुख नकुल पोखरेलका अनुसार आगलागीले १०३ वटा घर जलेर नष्ट हुँदा ५७० जना प्रभावित बनेका छन् । उनीहरूलाई गाँस, बाँस, कपास सबैको समस्या भएको छ ।

आगलागीबाट पीडितका अनुसार आगलागी हुदाँ घर बाट केहि निकाल्न सकिएन । खाधान्न, भाडाँकुडा, लत्ताकपडा, पैसा, पशुपन्छीहरु सवै जलेर नष्ट भए । आगलागी पीडितहरु चर्को गर्मीमा त्रिपालमुनि बस्न बाध्यता छन ।
आगलागी बस्तीमा बत्ति छैन, सौचालय छैन, यस्तो चर्को गर्मी छ । स्वास्थ खानेपानी र खानेकुरा तथा बस्ने ठाँउको कारणले बच्चाहरु विरामी हुन थालेका छन । अन्य मानिसहरुमा समेत स्वास्थ्य समस्या देखिन थालेको पीडितहरुको भनाई छ । गर्भवतिहरुलाई झनै समस्या भइरहेको छ।

पीडितहरुमा अब पुःन भौतिक संरचना कसरी निर्माण गर्ने, खाधान्नको जोहो कसरी गर्ने, खासगरि अब जिवन कसरी चालउने भन्ने ठुलो चिन्ता देखिन्छ ।

मटहानी र चिमटीमा भएको आगलागी यो बर्ष मधेश प्रदेशमा भएको आगलागीका ठुला घटनाहरु हुन । अन्य स सना आगलागीजन्य घटनाहरु पनि धेरै भएका छन । आगलागीबाट हजारौ व्यक्ति प्रत्यक्ष रुपमा प्रभावित बनेका छन । तर संघ र प्रदेश सरकारले पीडितहरुको लागि कुन किसिमको ठोस राहत तथा पुर्नरस्थापनाको कार्यक्रम ल्याएको छैन । पीडितहरु सरकारको आशमा पर्खेर चर्को गर्मीमा त्रिपालमा बसेका छन ।

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800