भारतको लोकसभा चुनावलाई मध्यनजर गर्दै सिमानाकामा कडाई

Logo
Popular News सोमबार, बैशाख २४, २०८१

इनरुवा, २४ बैशाख । छिमेकी राष्ट्र भारतमा भोलि हुने लोकसभा निर्वाचनलाई मध्यनजर गरी नेपालसँगको सीमामा कडाइ गरिएको छ ।
भारतको लोकसभा चुनावलाई लक्षित गरी हिजो साँझबाट नाका सील गरेको र सुनसरी प्रशासनले आवतजावतमा पूर्ण रुपले कडाई गरेको छ ।

हिजो साँझबाट भोलि मध्यरातीको १२ बजे सम्म नाका सील गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी गराएको छ । प्रशासनले भारतीय सुरक्षाकर्मी सँग समन्वय गरेर सुरक्षा बन्दोवस्ती कडा रुपामा मिलाएको छ ।

भारतमा भोलि हुने लोकसभा निर्वाचनलाई लक्षित गरी नाकाबाट हुन सक्ने घुसपेठ र अप्रिय घटना रोक्न सुरक्षा बन्दोवस्ती मजबुत पारिएको छ ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले दुई देशीय सुरक्षा नीति अनुसार भारत सँग सीमा जोडिएका सबै नाका सील गरिएको बताउनु भयो ।
यसैबिच जिल्ला सुरक्षा समितिको टोलीले सील गरिएको नाका क्षेत्रको स्थलगत अनुगमन समेत गरेको छ ।

प्रजिअका साथै सुरक्षा निकायका प्रमुख सहितको टोलीले सीमा क्षेत्रमा पुगेर वस्तुस्थिति बुझ्नुका साथै भारतीय समकक्षीहरुसंग भेटेर सुरक्षा अवस्था बारे जानकारी समेत लिएको छ ।

लोकसभा चुनावलाई लक्षित गरेर नेपाल सँग सीमा सीमा जोडिएका सबै नाकामा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल एसएसबी परिचालित छ ।
सीमामा भोट खसाल्न नेपालबाट भारत तर्फ जानेलाई भोटर कार्डका आधारमा मात्रै छाड्ने गरिएको छ । अन्यको हकमा आवतजावत पूर्ण रुपमा ठप्प रहेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

छिटै आउदै छ

हाम्रो टीम

छिटै आउदै छ

सम्पर्क

025-566800