नेपालमा पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाइयो

७६ करोड बढीको कोदो आयात भइरहेको तथ्याङ्क
Logo
Popular News शुक्रबार, साउन १७, २०८२

इनरुवा, १६ साउन । आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइएको छ । नेपाल सरकारले यस वर्षदेखि साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’को रूपमा मनाउने निर्णय गरेसँगै, प्रथम राष्ट्रिय कोदो दिवस २०८२ मनाएको हो ।
राष्ट्रिय कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा संंघीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट तीन लाखभन्दा बढी मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष त्यो तथ्याङ्कमा उल्लेख्य रूपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको जानकारी दिए ।

मन्त्री अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन् । उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए । हरेक नेपालीहरूलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने उनको भनाइ थियो । कोदोको खानेकुराहरूले अहिलेलाई मात्रै फाइदा नभई भावी सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने बताए । मकै, धान, गहुँ सरह नै कोदो पनि महत्त्वपूर्ण बाली रहेको बताए ।

कृषि मन्त्रालयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८०÷८१ मा २ लाख २४ हजार ९३५ हेक्टरमा कोदोजन्य बाली खेती भई ३ लाख ७३२ हजार मेट्रिक टन उत्पादन भएको देखिन्छ। तर उत्पादकत्व भने प्रति हेक्टर १.३३ मेट्रिक टन मात्र रहेको छ।

सिँचाइ, उन्नत बीउ र प्रविधिको प्रयोगमा जोड दिन सकिएमा उत्पादन र उत्पादकत्वमा उल्लेखनीय वृद्धि गर्न सकिने विज्ञको भनाइ छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०८१÷८२ मा करिब ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादन आयात गरिएको छ । त्यही वर्षमा ९४ लाख रुपैयाँ बराबरको ७० मेट्रिक टन मात्र निर्यात भएको छ, ।

देशका विभिन्न भागहरूमा पनि कोदो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँएको छ। उत्पादकत्व बढाउने उद्देश्यले यस वर्षदेखि आज राष्ट्रिय कोदो दिवस मनाउन थालेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800