

इनरुवा, ३१ भाद्र । जेनजी आन्दोलनका क्रममा कोशी गाउँपालिकाको कार्यालयमा तोडफोड र आगजनी पश्चात कार्यालय सार्ने भएको छ । असोज २ गतेबाट सेवा सूचारु हुने भएको छ ।
कार्यालय कोशी गाउँपालिका–३ बद्रीपुलस्थित कोशीका अध्यक्ष ऐयुब अन्सारीको घरमा सार्ने भएको हो ।
अध्यक्ष अन्सारीले अर्को व्यवस्था नभएसम्मका लागि आफ्नो घर निशुल्क रुपमा सेवा प्रवाह गर्न दिएको बाताए ।
आगजनीले कार्यालयको सम्पत्ति ध्वस्त भएपछि स्थानीय तहका जनप्रतिनिधिहरूले घटनास्थलमा पुगेर क्षति मूल्यांकन गर्दै सेवा प्रवाहलाई सूचारु गर्न कार्यालय सार्ने निर्णय गरेको हो ।