धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट

Logo
Popular News शनिबार, आश्विन ०४, २०८२

इनरुवा, ४ असोज । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।

झन्डै तीन महिनापछि शनिबार बसेको १७औं नगरसभामा उपप्रमुख अइन्द्र विक्रम बेघाले नीति तथा कार्यक्रमसँगै उक्त बजेट प्रस्तुत गरेका हुन । उपमहानगरले चालु आर्थिक वर्षका लागि आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँडमार्फत ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रूपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

उपमहानगरले शहरी योजना तथा भौतिक पूर्वाधारतर्फ सबैभन्दा बढी ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदमा ४६ करोड ८५ लाख, स्वास्थ्यमा करिब ७ करोड, सामाजिक विकासमा ४ करोड ८६ लाख, आर्थिक विकासमा १ करोड २९ लाख, वन–वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ २ करोड ७४ लाख विनियोजन गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800