

इनरुवा, ९ असोज । देवानगञ्ज गाउँपालिका–६ रासीका जगरनाथ मेहताका २५ वर्षीय छोरा देवचरण मेहताको उपचारका क्रममा मृत्यू भएको छ।
गएराति घरको बरण्डामा सुतिरहेको अवस्थामा अज्ञात समूहले खुकुरी प्रहार गर्दा मेहता गम्भिर घाईते भएका थिए। तत्कालै उनलाई उपचारका लागि नोवेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल पुर्याइए थिए। त्यहा भर्ना नलिएपछि गोल्डेन अस्पतालतर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यू भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले आशंकित व्यक्ति सन्तोष मेहतालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।