सुनसरीमा ३ सय ४० किलोग्राम लागू औषध गाँजा सहित कार प्रहरी नियन्त्रणमा

Logo
Popular News शुक्रबार, आश्विन १०, २०८२

इनरुवा, १० असोज । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ बाट ३ सय ४० किलोग्राम लागू औषध गाँजा सहित कार प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–५ बाट सडक छेउमा वेवासिसे अवस्थामा रहेको BR11BR 7102 नम्बरको कारलाई शंका लागी चेकजाँच गर्दा उक्त कार भित्र प्लास्टिकमा पोको पारी राखेको ३ सय ४० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोज कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800