

काठमाडौं १२ असोज। जेन–जी आन्दोलन दमनबारे जाँचबुझ गर्न आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्न सिफारिस गरेको छ ।
जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगले उनीहरूलाई विदेश जान रोक लगाउन सिफारिसमा गरेको हो । पासपोर्ट रोक्काको सूचीमा पर्नेहरुमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।
गृह मन्त्रालयले उनीहरुलाई अनुमतीविना काठमाडौं उपत्यका बाहिर जान पनि रोक लगाएको छ ।
गत २३ भदौको जेन–जी आन्दोलनमा प्रहरीले घातक हतियारहरु प्रयोग गर्दा १९ जनाको मृत्यु भएको थियो ।