सुनसरीमा जनमत पार्टीबाट सामूहिक राजीनामा

Logo
Popular News मंगलबार, आश्विन १४, २०८२

इनरुवा, १४ असोज । जनमत पार्टीका नेताहरूले सामूहिक राजीनामा दिएका छन् ।
जनमत पार्टी सुनसरीका पूर्वजिल्ला इन्चार्ज रमानन्द मेहताको नेतृत्वमा ८१ जना नेता तथा कार्यकर्ताले राजीनामा दिएका हुन ।

पार्टीमा वैचारिक विचलन तथा नेतृत्वमा चरम अवसरवाद देखिएको कारण आफूहरूले सामूहिक राजीनामा दिएको मेहताले बताए ।

उनले भने, ‘मधेश विचार, मुक्ति र संघर्ष, तथा राजनीतिक संस्कारको जगमा स्थापित जनमत पार्टी र डा. सीके राउतबाट हामीलाई यति ठुलो घात हुन्छ भन्ने कुरा हामीले कहिल्यै कल्पना गरेका थिएनौँ, डा. राउतले जनमत पार्टीलाई निजीकरण गरी मुद्दा एजेण्डा सबै छाडेको कारण त्यो पार्टीमा बस्न उचित लागेन ।’
पछिल्लो समय पुराना स्वराजी (नेता)हरूलाई अपमान गरी पार्टीबाट निकाल्ने गरेको बताउँदै उनले पार्टीमा दलाल भ्रष्टहरूलाई प्रवेश गराउने गरेको कारण पुराना नेताहरू निस्किन बाध्य भएको आरोप लगाए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800