

इनरुवा, १ कार्तिक । सुनसरी जिल्ला अस्पताल इनरुवाका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईलाई कुटपिट गरि अभद्र व्यवहार गर्ने खेमराज थापालाई ५ दिन कैद र ८० हजार रुपैया जरिवानाको सजाय फैसला गरेको छ ।
शुक्रवार सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गा बस्यालको इजलासले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ को दफा ३(ग) बमोजिम कसुर गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।
मेसु राईका तर्फफबाट बहस सुनवाइ गरेका अघिवक्ता बसन्त सुवेदीले सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गा बस्यालको इजलासले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ को दफा ३(ग) बमोजिम कसुर गरेको ठहर गर्दै उक्त फैसला गरेको जानकारी दिए । अघिवक्ता सुवेदीले गत असोज २६ गते नै बस्यालको इजलासले कसुर ठहर गरेकोमा शुक्रवार सजाय निर्धारण गरेको बताए।
इनरूवा काग्रेसका सचिव समेत रहेका थापाले गतबर्ष कार्तिक ३ गते आमालाई डाक्टरले गलत उपचार गरेको भन्दै हुलहुज्जत गरि मेसु राईलाई कार्यकक्षमा बोलाएर अश्लील गालि गजौल गर्दै कुटपिट गरेका थिए ।
अदालतमा भएको बहस सुनवाइमा थापाको तर्फबाट वरिष्ठ अधिवक्ताहरू रामप्रसाद घिमिरे,हेमराज पोखरेल, मणि दुलाल र अघिवक्ता प्रकाश पोखरेल लगायतका कानून व्यवसायीहरुले बहस गरेका थिए भने जाहेरवाला डाक्टर राईको तर्फबाट अधिवक्ता बसन्त सुवेदीले वहस गरेका थिए ।