मुग्लिन–नारायणघाट सडकखण्डको गाईघाटमा ७ वटा गाडी ठोक्किए

Logo
Popular News शनिबार, कार्तिक ०२, २०८२

इनरुवा, १ कर्तिक । मुग्लिन–नारायणघाट सडक खण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा सात वटा गाडीहरु एक आपसमा ठोक्किएका छन् । बिहान साढे ७ बजेतिर ट्रकले यात्रुबसलाई ठक्कर दिएपछि बसको पछाडि रहेका अरू गाडी पनि ठोक्किन पुगेका हुन् ।
प्राप्त जनकारी अनुसार दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएकाहरुको उपचारका लागि चितवनको भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालले जानकारी दिए । क्षतिको थप विवरण संकलन भैरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800