मधेस प्रदेशमा नाटकीय ढंगले नयाँ मुख्यमन्त्री नियुक्त

Logo
Popular News सोमबार, कार्तिक २५, २०८२

जनकपुरधाम, २४ कात्तिक । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नाटकीय शैलीमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन्।

भण्डारी आज बिहान अस्वस्थ भएको भन्दै काठमाडौं जाँदै गर्दा सिन्धुलीस्थित एक होटलमा यादवलाई शपथ खुवाएको आरोप लागेको छ। संविधानको धारा १६८ (३) बमोजिम उनी प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेता भएकाले मुख्यमन्त्री बनेका हुन्।

यसअघि मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नपाएपछि राजीनामा दिएका थिए। सोनलले भनेका छन्, “प्रदेश प्रमुख अस्वस्थ भएको भन्दै काठमाडौं जानु भएको थियो, तर बाटैमा यादवलाई शपथ गराउनु मधेस प्रदेशका जनतासँगको धोका हो।”

शपथपछि यादवले भने, “जनकपुरमा विरोध प्रदर्शन भइरहेकाले शपथ कार्यक्रम सिन्धुलीमा राखिएको हो।”

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800