कोशी प्रदेशको अगामी अधिवेशन कटहरीको कृषि बजार भवनमा संचालन गर्ने निर्णय

Logo
Popular News मंगलबार, कार्तिक २६, २०८२

इनरुवा, २५ कात्तिक । कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको आगामी अधिवेशन मोरङको कटहरीस्थित एकीकृत कृषि थोक बजारको भवनमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

जेन–जी आन्दोलनका क्रममा प्रदेशसभा भवन क्षतिग्रस्त भएपछि वैकल्पिक स्थानको रूपमा उक्त भवन प्रयोग गर्ने निर्णय गरिएको हो ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार चाँडै अधिवेशन आह्वान गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो ।
बैठकले उक्त भवनलाई प्रदेशसभा सञ्चालनका लागि तयार पार्न आवश्यक मर्मत, सम्भार र संरचना निर्माणको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई दिने निर्णय गरेको छ ।

यसैबीच, मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालयमा सचिवहरूको पदस्थापनसम्बन्धी निर्णय पनि गरेको छ । सङ्घीय सरकारका सहसचिव उद्धवप्रसाद रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव, सहसचिव पुष्करप्रसाद पोख्रेललाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको सचिव र सहसचिव कोषहरी निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवका रूपमा पदस्थापन गरिएको छ ।
निरौलालाई प्रदेश योजना आयोगको सचिवको जिम्मेवारी समेत तोकिएको छ ।

त्यसैगरी, बैठकले आगामी ९ डिसेम्बर २०२५ मा भारतको पश्चिम बङ्गालमा आयोजना हुने डब्लुसीसीडीबी इन्डिया एन्ड नेपाल मिटिङमा सहभागी हुन प्रदेश सचिव डा। इन्द्रप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800