मधेसका ५ सांसद पदमुक्त गर्ने सभामुखको निर्णय उपसभामुखद्वारा बदर

Logo
Popular News शुक्रबार, कार्तिक २९, २०८२

इनरुवा, २८ कार्तिक । मधेस प्रदेश सभाका पाँचजना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिताकुमारी राउतले बदर गरिदिएकी छन्।

सभामुख मण्डलविरुद्ध प्रदेश सभामा महाभियोगको प्रस्ताव दर्ता भएपछि उनले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का ४ र नागरिक उन्मुक्ति पार्टीका १ गरी पाँच सांसदलाई लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित रहेको आधारमा पदमुक्त गर्ने सूचना जारी गरेका थिए।

त्यसको केही समयमै उपसभामुख बबिता कुमारी राउतले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा महाभियोग प्रस्ताव दर्ता भइसकेको हुँदा सभामुखको पद नै रिक्त हुने दाबी गर्दै मण्डलको निर्णय बदर गरेको जानकारी गराएकी छन्।

उपसभामुख राउतले जारी गरेको सूचनामा उनीहरु कात्तिक २२ गतेको बैठकमा उपस्थित भएको हाजिरी र भिडियो रेकर्ड रहेको भन्दै उनीहरुमाथिको कारबाही बदर भएको उल्लेख छ ।
उनले जारी गरेको सूचनामा लेखिएको छ, ‘मधेश प्रदेश सभाको पछिल्लोपटक मिति २०८२/७/२२ गतेको विश्वासको मत सम्बन्धी हाजिरी प्रस्तावको बैठकमा उक्त सूचनामा उल्लेख भएका सम्पूर्ण माननीयज्यूहरु उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट देखिएकोले सो पद रिक्त सम्बन्धी सूचना बदर गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालामा जानकारी गराइन्छ ।’

उपसभामुखको निर्णयसँगै प्रदेशसभामा नयाँ कानुनी तथा राजनीतिक विवाद सतहमा आएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800