जेन्जी आन्दोलन छानबिन आयोगले रमेश लेखकलाई बयानका लागि बोलायो

Logo
Popular News मंगलबार, पुष ०८, २०८२

काठमाडौँ , ८ पुस । जेन्जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ । आयोगले मंगलबार लेखकलाई पत्र पठाउँदै आगामी शुक्रबार उपस्थित हुन निर्देशन दिएको हो ।
गत भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य पत्ता लगाउन गठित आयोगले राजनीतिक नेतृत्वसँग बयान लिन सुरु गरेको जनाएको छ । यसैक्रममा तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि बोलाइएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले पुष्टि गरे ।
‘उहाँलाई आगामी शुक्रबार बयानका लागि बोलाइएको छ,’ आयोग स्रोतले भन्यो, ‘प्रशासनिक तथा सुरक्षा निकायका अधिकारीहरूसँगको बयान सकिएपछि अब राजनीतिक नेतृत्वसँग सोधपुछ सुरु गरिएको हो ।’

यद्यपि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने हालसम्म पत्र नपठाइएको अध्यक्ष कार्कीले जानकारी दिए । आयोगका अनुसार लेखकको बयान सम्पन्न भएपछि मात्रै तत्कालीन प्रधानमन्त्री ओलीलाई पनि बयानका लागि बोलाउने तयारी छ ।

आयोगले यसअघि घटनासँग सम्बन्धित सुरक्षा निकायका प्रमुख तथा प्रशासनिक अधिकारीहरूसँग सोधपुछ गरिसकेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800