विराट व्यापार एक्स्पोमा विषयगत सत्र सुरु

Logo
Popular News बिहिबार, पुष १०, २०८२

विराटनगर, १० पुस । मोरङ व्यापार सङ्घद्वारा आयोजित विराट व्यापार एक्स्पोमा विषयगत सत्र ९थिमेटिक सेसन० सुरु भएको छ। व्यापार, उद्योग तथा उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा विभिन्न क्षेत्रका व्यवसायी, उद्योगपति, उद्यमी तथा विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको छ।

आयोजकका अनुसार विषयगत सत्रमार्फत वर्तमान बजार प्रवृत्ति, चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरिनेछ। यस्ता सत्रहरूले ज्ञान आदान–प्रदान, नवप्रवर्तनको प्रवर्द्धन तथा स्थानीय व्यापारिक वातावरणलाई अझ सबल बनाउने अपेक्षा गरिएको छ।

विराट व्यापार एक्स्पोले कोशी प्रदेशमा व्यापारिक गतिविधि विस्तार गर्न, आपसी सहकार्य बढाउन तथा व्यावसायिक नेटवर्किङका लागि साझा मञ्च प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800