मारवाडी युवा मञ्चद्वारा इनरूवामा रक्तदान कार्यक्रम सम्पन्न

Logo
Popular News शनिबार, पुष १९, २०८२

इनरुवा, १९ पुस । मारवाडी युवा दिवसको अवसरमा इनरूवामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गत रहेको मारवाडी युवा मञ्च इनरूवाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा रक्तदानजस्ता सामाजिक कार्यले आपतकालीन अवस्थामा बिरामीको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आयोजकले बताएका छन् ।

मारवाडी युवा मञ्च इनरूवाले समाजसेवा, स्वास्थ्य तथा मानवीय कार्यमा सक्रिय रूपमा योगदान पुर्‍याउँदै आएको जनाउँदै आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800