भोक्राहा ट्रक दुर्घटना : मृतकका परिवारलाई ११ लाख क्षतिपूर्ति दिने सहमति

Logo
Popular News शनिबार, माघ ०४, २०८२

इनरुवा, ३ माघ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–स्थित हुलाकी मार्गमा बिहीबार मार्बल टायल बोकेको ट्रक दुर्घटना हुँदा बर्जु गाउँपालिकाका ५ जना कामदारको मृत्यु भएको घटनापछि उत्पन्न विवाद सहमतिमा टुंगिएको छ।

दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्त र स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए। सुनसरी जिल्ला प्रशासन कार्यालयको पहलमा मृतकका पक्ष र ट्रकका मार्बल व्यवसायीबीच भएको वार्तापछि क्षतिपूर्तिमा सहमति जुटेको हो।

सहमति अनुसार ट्रक व्यवसायी पक्षले प्रति मृतक ११ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनेछ। त्यसैगरी बर्जु गाउँपालिकाले प्रति मृतक १ लाख रुपैयाँ छुट्टै सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800