नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा कोशी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

Logo
Popular News बुधबार, माघ २९, २०८२

इनरुवा, २८ माघ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कोशी शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोशी गाउँपालिकालाई स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री सहयोग गरेको छ।

बुधबार आयोजित एक कार्यक्रममा बैंकका कोशी शाखा प्रबन्धक रविन्द्र राजले गाउँपालिकालाई ४–४ थान रेफ्रिजरेटर (फ्रिज) र अटोक्लेभ मेसिन हस्तान्तरण गरेका हुन्।

कोशी गाउँपालिका वडा नम्बर २, ३, ६ र ८ का स्वास्थ्य संस्थाहरूको माग र आवश्यकतालाई ध्यानमा राख्दै उक्त सामग्री सहयोग गरिएको शाखा प्रबन्धक राजले जानकारी दिए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले बैंकद्वारा उपलब्ध गराइएका स्वास्थ्य उपकरण अत्यन्त उपयोगी हुने बताए। उनले सर्वसाधारणका लागि आउने विभिन्न प्रकारका खोप सुरक्षित रूपमा भण्डारण गर्न रेफ्रिजरेटरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अनिता यादव, प्रमुख प्रशासकीय अधिकृत सुरप्रसाद दंगाल तथा स्वास्थ्य शाखा प्रमुख रामअवतार यादवको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेबसाइट पपुलर न्यूज राष्टिय पत्रिकाको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले स्थानिय समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि लगायत दैनिक जिवनमा विभिन्न आयामका बिषयलाई प्राथमिकताका साथ प्रकाशन गर्दछ ।

हाम्रो टीम

पपुलर न्यूज टीम

सम्पर्क

025-566800